गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

mrita fela

गोरखा । बाह्रकिलो–बारपाक सडकखण्डअन्तर्गत गोरखाको भालुस्वाँरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

शनिबार राति भालुस्वाँरामा बा ९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरानचोक गाउँपालिका–६ नयाँसाँघुका २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते थापाको उपचारका क्रममा गोरखा अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात मोटरसाइकल चालक गोरखा नगरपालिका–३ का राजेश परियार भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाइकल प्रहरी चौकी नयाँसाँघुको नियन्त्रणमा रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ