गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

mrita fela

गोरखा । बाह्रकिलो–बारपाक सडकखण्डअन्तर्गत गोरखाको भालुस्वाँरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

शनिबार राति भालुस्वाँरामा बा ९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सिरानचोक गाउँपालिका–६ नयाँसाँघुका २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते थापाको उपचारका क्रममा गोरखा अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात मोटरसाइकल चालक गोरखा नगरपालिका–३ का राजेश परियार भने फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाइकल प्रहरी चौकी नयाँसाँघुको नियन्त्रणमा रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ