कांग्रेस–माओवादीलगायत दल सम्मिलित सत्ता गठबन्धन पुनः भत्किएको छ । अब फेरि एमाले र माओवादी सहकार्य गरेर अघि बढ्न सहमत भएका छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ट्विटरमा लेख्दै आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। एमाले, माओवादी, रास्वपा र जसपा मिलेर आज नै सानो आकारको चार दलको मन्त्रपरिषद् बनाइने भएको छ ।
हिजो राति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।
माओवादीसँग निरन्तर संवादमा रहेका एक एमाले नेताले माओवादी कांग्रेससँग गठबन्धन तोडेर आफूहरूसँगै सहकार्य गरेर अघि बढ्न तयार भएको जानकारी दिए ।
‘प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो दलका नेतासँग गएराति संवादमा बसेका थियौं । त्यसमा एमाले–माओवादी सरकारलगायतमा सहकार्य गरेर जाने सहमति भएको छ,’ ती नेताले भने ।
एमाले र माओवादीबीच गएराति भएको सहमतिअनुसार, अब प्रचण्डकै नेतृत्वमा एमाले सरकारमा सहभागी हुनेछ ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दैछन् । एमाले स्रोतका अनुसार एमालेसँको सहमतिअनुसार सत्ता गठबन्धनबाट अलग भएको जानकारी दिन प्रचण्डले देउवालाई भेट्न लागेका हुन् ।
सुरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमै प्रधानमन्त्री बनेका थिए । बीचमा यो गठबन्धन छाडेर कांग्रेससँग सहकार्य गरेका उनी पुनः एमालेतिरै फर्किएका हुन् ।
सम्बन्धित खबर
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)