सबै मन्त्री बर्खास्त गर्दै प्रचण्ड, नयाँ ४ मन्त्रीले आजै शपथ लिने

सबै मन्त्री बर्खास्त गर्दै प्रचण्ड, नयाँ ४ मन्त्रीले आजै शपथ लिने

prachanda-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।

एमाले निकट स्रोतका अनुसार प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना मन्त्री नियुक्त गर्नेछन् । आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिनेछन् ।

नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्।

एकीकृत समाजवादी भने नयाँ बनेको गठबन्धनबारे तत्काल निर्णय नभएको बताएको छ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन थियो।

गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

‘गएराति पार्टीहरूका अध्यक्षहरूबीचको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो।

बिहान सबै दलले आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।

गएराति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो।

‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो, ‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ।’

जनता समाजवादी पार्टीभने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds