केपी ओली निर्णय लिएर प्रचण्डलाई भेट्न बालुवाटारमा

केपी ओली निर्णय लिएर प्रचण्डलाई भेट्न बालुवाटारमा

prachanda-kp_tI7WMsqFRX

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी एमाले पार्टीको निर्णय लिएर बालुवावाटार पुगेको स्रोतले जनाएको छ ।

त्यहाँ माओवादीको सचिवालय बैठक चलिरहेको बेला उनी पुगेका हुन् । बैठक हलभित्रै उनी पुगेको स्रोतले जनाएको छ । ओलीलाई नारायणकाजी श्रेष्ठले अंकमाल गरेको र प्रचण्डले हाल मिलाएको स्रोतले जनायो ।

जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको छलफलपछि उनी बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले आज बनाउने नयाँ मन्त्रीमण्डलमा एमालेले सहभागिता जनाउने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds