नयाँ गठबन्धनका तीन सांसदले लिए मन्त्रीको शपथ

नयाँ गठबन्धनका तीन सांसदले लिए मन्त्रीको शपथ

sapth

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका छन्।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका दलसँग नयाँ गठबन्धन गरेसँगै पुनर्गठित मन्त्रिपरिषद्‌का तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सपथ लिनेमा नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) छन्।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ