रुसमा कार्गो विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित १५ जनाको मृत्यु

रुसमा कार्गो विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित १५ जनाको मृत्यु

biman

रुसमा कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको मृत्यु भएको छ । विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेको थियो ।

इन्जिनमा आएको खराबीका कारण टेक अफको समयमा विमान दुर्घटना भएको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

विमानमा आठ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए । दुर्घटना रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा हिजो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ