चीनप्रति इंगित गर्दै ओलीले भने- ‘जस अरू देशलाई दिने हैन, हामी दुई भाइलाई दिनु नि !’

चीनप्रति इंगित गर्दै ओलीले भने- ‘जस अरू देशलाई दिने हैन, हामी दुई भाइलाई दिनु नि !’

kp-oli-samsad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परिवर्तन भएको जस अरू देशलाई दिन जरुरी नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले चीनप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

“नेपाली कांग्रेसले राम्रो काम गरेको सबैले आफूले गरेको भन्छ, अरूलाई एक छेउ जस दिँदैन । देशभित्रको काम हामीले गरेको भन्दा जस दिँदा हुन्छ नि, हामी दुइ भाइलाई दिँदा हुन्छ नि ! को कहाँबाट कुन देश आयो भन्छ,” उनले भने ।

नेपाली कांग्रेसले इमानका कुरा गरेर धाक लगाएको देख्दा, सुन्दा अचम्म लाग्ने भन्दै उनले व्यंग्य गरे । “मलाई कांग्रेससँग भनाभन गर्न मन छैन, तर खानी, साह्रै एकदम वाचा–बन्धनमा अडिएको इमानैइमानको खानी, बेइमानी थाहा नपाएको भनी बोल्दा आश्चर्य व्यक्त गरेको हो । गाउँघरतिर बाउला तानेको भन्छ । ठिक बोलौँ है भनेर मैले सम्झाएको हो,” उनले भने ।

उनले ‘बिहान ऐना हेरर आएको हो ?’ भन्दै प्रश्न गरे ।

ओलीले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरे । ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर प्रतिनिधि सभाबाट कांग्रेसलाई प्रश्न गरे ।

एमाले अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका छन् ।  

‘पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने ?  मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’, ओलीले भने, ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?’ ओलीले भने – “पोहोर पनि मैले नै प्रचण्डजीलाई प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको थिएँ । त्यसबेला त कांग्रेसले उफ्री-उफ्री समर्थन गरेको थियो । अनि अहिले नमिल्ने के छ र ? मान्छे त्यही, प्रक्रिया त्यही,” 

उनले मुलुकमा जनमुखी सरकार गठन भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds