मलाई धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैनः प्रधानमन्त्री प्रचण्ड

मलाई धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैनः प्रधानमन्त्री प्रचण्ड

'कांग्रेसभित्रका समूहहरूको द्वन्द्वले आजित थिएँ, कांग्रेस नै विश्वासघाती हो'

Prachanda samsad

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाली कांग्रेसलाई कहिले पनि धोका नदिएको बताएका छन् ।

विश्वासको मत लिनुभन्दा पहिला आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धोकाको आरोप बरु एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाउन मिल्ने तर कांग्रेसले नमिल्ने बताए ।

‘बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरु र त्यसको मुख्य नेतृत्व माननीय केपी ओलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँले बनाउने अनि खुरुक्क कांग्रेसमा जाने । उहाँले लगाउँदा त्यो मिल्दोजुल्दो हुन्छ । कांग्रेसले लगाएर मिल्दैन,’– उनले भने ।

साथै, कांग्रेसले आफूलाई भिलेन बनाउन खोजेको भन्दै उनले असन्तुष्टि ब्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई पटक प्रधानमन्त्री बनाएको तथ्य नबिर्सन पनि आग्रह गरे ।

प्रधानमन्त्री दाहालले पछिल्लो एक वर्षमा कांग्रेस भित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताए ।

उनले पछिल्लो एक वर्षमा काँग्रेसभित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नु परेको बताए ।

उनले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै कांग्रेसभित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताए ।  उनले नेपाली कांग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुसी हुने बताए ।

उनले नेपाली कांग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र कांग्रेस नेकपा (माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताए ।

उनले भने, ‘पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ । तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेसभित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुसी छु । काँग्रेसभित्र पनि राम्रो एकता हुँदै छ । म नेपाली काँग्रेसका नेता साथीहरूलाई र सबैलाई विशेषरूपमा भन्न चाहन्छु की यो एकता प्रचण्डका कारणले भएको छ । यसलाई राम्रोसँग टिकाउनु होला । यसलाई शान्तिमा बदल्नुहोला । म खुसी नै छु । देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ । नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुसी नै हुन्छु । म नेपाली काँग्रेसको समर्थनमा एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसका सभापति दुईपटक प्रधानमन्त्री बनेको नबिर्सिनुहोला ।’

दाहालले वर्तमान सत्ता गठबन्धन कांग्रेसको विश्वासघातको जगमा खडा भएको बताए । उनले आफ्नो आलोचना गर्नेहरूप्रति लक्षित गर्दै उनले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताए । उनले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभइ सरकारकै सहयोगमा लागेको स्मरण गरे ।

उनले भने, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरूलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशमा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds