विश्वप्रकाशको प्रचण्डलाई प्रश्न : एमाले–कांग्रेस एक ठाउँमा उभिए तपाईंको गद्दीको हालत के होला ?

विश्वप्रकाशको प्रचण्डलाई प्रश्न : एमाले–कांग्रेस एक ठाउँमा उभिए तपाईंको गद्दीको हालत के होला ?

bishwo-prakash-sharma-samsad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले र कांग्रेस मिल्दा कहाँ जानुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको एमाले र कांग्रेस मिले के होला भन्दै प्रश्न सोधेका हुन् ।

‘पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब ? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ?,’ उनले भने, ‘तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति हुने संकेत गर्दै प्रचण्डको प्रधानमन्त्रीको पद नरहने बताए ।

‘कुरा नचल्ने भनेर भन्नुभयो पूर्व प्रधानमन्त्रीज्यू (केपी शर्मा ओली) ले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्‍यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू ,’शर्माले भने ।

यस्तै शर्माले कांग्रेस माओवादीको मात्रै बलमा ठुलो पार्टी नभएको बताए । ‘कांग्रेसले कुनै समय एक्लै दुई तिहाइ, कहिले बहुमतमा रहेको थियो । तर तपाईंहरू कांग्रेसलाई पहिलो दल बनायौँ भन्दा गर्दा मुस्किलले तेस्रो डिभिजनमा आउँदा हाम्रो पनि सहयोग छ भन्ने कुरा कसरी बिर्सनुहुन्छ ?’, शर्माले भने ।

महामन्त्री  शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेको विषय मिलान भएको हो भन्दै प्रश्न गरे ।

बुधबार प्रतिनिधिसभा बैठकको रोस्ट्रममा उभिएर बोल्दै उनले सो प्रश्न उठाएका हुन् । “सदन विघटन ठिक थियो भनिएको तथ्य इरेज नगरी मिलिसकेको अवस्था हो ? हाम्रो कारणले समय खेर गएको हो ? कांग्रेस जिम्मेवार हो ?,” उनले भने ।

महामन्त्री शर्माले नयाँ दल जन्ममितिको आधारमा मात्र नहुने उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds