कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

mrita fela

पोखरा । कुवेतमा दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ ।

मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान गएको हो ।

कुवेतको महाबुल्ला क्षेत्रमा मंगलबार बिहान सडक छेउमा रहेका तीन नेपालीलाई हुँइकिएर आएको कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेको नेपाली दुतावासले पुष्टी गरेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक –५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून –२ काठमाडौंका सुजन कार्की र वेंगादवार –३ धनुषाका धिरज गुर्मछान मगर छन् । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन् ।

उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत रहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ