बनको आगो निभाउने क्रममा जलेर बाबुछोरी घाइते

बनको आगो निभाउने क्रममा जलेर बाबुछोरी घाइते

ago

कालिकोट । कालिकोटमा सामुदायिक वनमा लागेको आगो निभाउन क्रममा बाबु–छोरी घाइते भएका छन् ।

जिल्लाको खाँडाचक्र नगरपालिका–५ दाम्रीमा गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका स्थानीय नन्दराम चौंलागाईं र उनकी छोरी हेमन्ती जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

चौलागाईंका बाबु–छोरी सामुदायिक वनमा बाख्रा चराउन गएका थिए ।

जिल्ला अस्पताल मान्ममा उपचारका लागि लगिएका नन्दरामको शरीर ६० प्रतिशत र हेमन्तीको ७० प्रतिशत भाग जलेको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

उनीहरुलाई जिल्लामा प्राथमिक उपचारपछि थप उपचारका लागि स्वास्थ्यकर्मीसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds