बागलुङ बस दुर्घटनामा पत्रकार परियारको निधन

बागलुङ बस दुर्घटनामा पत्रकार परियारको निधन

Bikram-pariyar

बागलुङ । बाग्लुङको निसीखोला गाउँपालिका– ६ मा हिजो साँझ भएको बस दुर्घटनामा एक जना पत्रकारले पनि ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नं. ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका छन् । परियार अन्नपूर्णपोष्ट दैनिकको रुकुम संवाददाताका रुपमा कार्यरत थिए । उनी नेपाल पत्रकार महासंघ रुकुम शाखाको सह–सचिवसमेत हुन् ।

परियारसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।

यसैबीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले पत्रकार परियारको निधनप्रति दुःख व्यक्त गर्दै परियारको निधनले आफू निकै मर्माहत स्तव्ध भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो बेलुकी भएको बस दुर्घटनामा विक्रम परियारको निधनले स्तब्ध बनाएको छ । भाइ विक्रमको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ