एसईईको तयारी पूरा

एसईईको तयारी पूरा

see

काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

यस वर्ष देशभरबाट भन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाण्डौ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाउने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै बिषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याइकन कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ