पोखरा । पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ ।
बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो ।
खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए । उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बन्दै ५ हजार पुरस्कार प्राप्त गरे ।
उपाधिसँगै विजेता बनेको लेकसाइड पहेंलोले नगद १ लाख १ हजार १ सय ११ शिल्ड, मेडल तथा प्रमात्रपत्र प्राप्त गर्याे । यस्तै प्रतियोगिताको उपविजेता गार्डेन एफसीले ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
प्रतियोगितामा लेकसाइड पहेंलोका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा एनए भेट्रानका कन्या गुरुङले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम लेकसाइड सेतोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो। यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा लेकसाइड पहेंलोका राम भुजेल घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
फाइनल खेलपूर्व महिला टोलीको मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।
पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त रुपमा प्रतियोगिता आयोजनामा गरेका थिए । सो प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’