पोखरा । गण्डकी प्रदेश टेबुल टेनिस संघ तदर्थ समितिको अध्यक्षमा उत्तम जोशी चय भएका छन् ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शुक्रबार सम्पन्न भेलाबाट जोशी अध्यक्षमा चयन भएका हुन् । सम्पन्न भेलाले संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला (तनहुँ) र विशाल थापा (नवलपुर), सचिवमा अनुप श्रेष्ठ (स्याङजा) र कोषाध्यक्षमा ज्योती गुरुङ (कास्की) चयन भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल (बागलुङ), शिवप्रसाद न्यौपाने (नवलपुर), क्षितिज गुरुङ (मनाङ), कविराज श्रेष्ठ (तनहुँ), सुरेश जिशी, निर्मल सोती, रशमायाँ तामाङ, गंगाराज पौडेल र भरतराज अधिकारी रहेका छन् । त्यसै गरी भेलाले केन्द्रिय प्रतिनिधिमा दिल बहादुर गुरुङलाई सर्वसम्मत चयन गरेको छ । उनी प्रदेश खेलकुदका कार्यकारी सदस्य समेत् हुन् ।
यस अघि भेलाको उद्घाटन गर्दै प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद वहुआयमिक क्षेत्र भएको बताउँदै खेलकुद भित्र देखिएका विकृती र विसंगतीलाई समाप्त पार्नु आजको प्रमुख आवश्यक्ता रहेको औंल्याए । खेलकुद अनुशासनको पाठ सिकाउने क्षेत्र समेत भएको धारणा अघि सार्दै उनले खेल संघको नेतृत्व लिनेहरुले आफ्नो् आचरणमा सुधार ल्याउनु पर्ने बताए ।
प्रदेश खेलकुद परिषद खेलकुद विकासको अभियानमा अघि बढेको बताउँदै उनले यो साझा अभियानमा एक साथ अघि बढ्न आग्रह गर्दै संस्थागत सुशासन र पारदर्शिता आजको प्रमुख आवश्यक्ता रहेको समेत् औंल्याए ।
यसै गरी लोकतन्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले गण्डकी प्रदेशको टेबुल टेनिस संघलाई गति दिन एक सक्षम नेतृत्व आएको बताउँदै सबै खेलहरुको समुचित विकास र खेलाडीहरुको हितका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।
सो भेला प्रदेश खेलकुद परिषदका सदस्य एवं अग्रज खेलपत्रकार केशव पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह