मस्कोमा आतंककारी आक्रमणमा ६० जनाको मृत्यु

मस्कोमा आतंककारी आक्रमणमा ६० जनाको मृत्यु

RUSSIA-SHOOTING

Emergency services vehicles are seen outside the burning Crocus City Hall concert hall following the shooting incident in Krasnogorsk, outside Moscow, on March 22, 2024. Gunmen opened fire at a concert hall in a Moscow suburb on March 22, 2024 leaving dead and wounded before a major fire spread through the building, Moscow’s mayor and Russian news agencies reported. (Photo by STRINGER / AFP)

पोखरा । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा भएको आतंकवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।

शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आइसीआर) ले पुष्टि गरेको छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आइसीआरले शनिबार बताएको छ ।

मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ