बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

mrita fela

दाङ । दाङमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसराबिचमा रहेको कोरिया खोला पुल नजिकै शनिबार राती रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको हो।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ