बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

death body

रौतहट । रौतहटमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ ।

बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दाम्पतीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएकोमा अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर सडक जाम गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ