ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, दुईजनाको मृत्यु

ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप, दुईजनाको मृत्यु

kutpit-jhagada

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए ।

राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो । उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ