अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

pig-kidney

पोखरा । अमेरिकामा एक बिरामी माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ।

म्यासुचेटस जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्ति माथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका हुन्।

मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो। प्रत्यारोपणका लागि प्रयोग गरिएको सुँगुरको मिर्गौलाबाट हानिकारक जीन हटाएको र निश्चित मानव जीन थप्न आनुवंशिक रूपमा थपिएको अस्पतालले जनाएको छ। सो अस्पतालको विज्ञप्ति अनुसार ‘विरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा हो।’

अंगको अभाव विश्वभरि एक पुरानो समस्या हो र बोस्टनका अस्पतालमा मात्र मृगौला प्रत्यारोपणको लागि प्रतिक्षा सूचीमा १४ सय भन्दा बढी बिरामीहरू रहेका छन्।

मधुमेह र उच्च रक्तचापबाट पीडित स्लेम्यानले २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गराएका थिए। तर पाँच वर्षपछि असफल हुन थालेपछि उनी डायलासिसमा रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ