धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती सम्पर्कबिहीन भएकी छन् ।
ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजो सोमबारदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कबिहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले भारतको गोवामा ओशो ध्यान गर्न गएकी छोरी आरती हिजो सोमबारदेखि हराएको बताएका छन् । उनले गोवामा रहेका नेपाली तथा शुभचिन्तकलाई आफ्नी छोरीको खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –
मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।
हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुग रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 घ सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन