धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती सम्पर्कबिहीन भएकी छन् ।
ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजो सोमबारदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कबिहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले भारतको गोवामा ओशो ध्यान गर्न गएकी छोरी आरती हिजो सोमबारदेखि हराएको बताएका छन् । उनले गोवामा रहेका नेपाली तथा शुभचिन्तकलाई आफ्नी छोरीको खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –
मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् ।
हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुग रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 घ सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
सम्बन्धित खबर
बागलुङ सेवा समाजकाे कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारमा
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
यो पनि पढौँ
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य