दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग

दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग

dog

काठमाडौं । दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन् । राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाईएको प्रतिबन्ध खारेज गर्न माग गर्दै आज मंगलबार उनीहरुले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन् ।

कुकुरको मासु उत्पादन र उपभोगमा लागेको प्रतिवन्ध असंवैधानिक र जनताको आधारभूत अधिकारको विरुध्द भएको भन्दै यसलाई खारेज गर्न अदालतमा लिखित उजुरी लिएर व्यवसायी पुगेका हुन् ।

कोरियन एसोसिएसन अफ एडिबल डगका देशभरका करिब १ हजार सदस्यको प्रतिनिधित्व गर्दै ५० जना सदस्यले गत जनवरीमा राष्ट्रिय सभाको सर्वसम्मतिले कुकुरको मासु प्रतिबन्ध लगाएको थियो । त्यो खारेजीले आफूले खानेकुरा छनोट गर्ने जनताको अधिकार र उनीहरूको स्वतन्त्रताको हनन गरेको भन्दै सियोलको संवैधानिक अदालतको अगाडि पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीले आफ्ना भनाई सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ