दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

South-Africa-bus-accident (1)

पोखरा । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको छ । त्यसपछि बसमा आगो लागेको थियो ।

दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ