हावाहुरीले भाँचेको रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु

हावाहुरीले भाँचेको रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु

accident

पाल्पा । पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।

तानसेन नगरपालिका –८ जरेपिपलमा शनिबार दिउँसो अत्याधिक वर्षासँगै आएको हावाहुरीले रुख ढलेर लाग्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा डाक्टले मृत घोषणा गरेका हुन् ।

पाल्पाबाट बुटवल जाँदै गरेको लु ८१ प ११३६ नम्वरको स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको थियो । ठूलो हावाहुरी लागेको र त्यसबाट जोगिन ओत लाग्दा रुख ढलेर उनलाई च्यापेको थियो ।

उनीसँगै रहेका तानसेन –२ सिल्खानटोलका २० वर्षीय प्रथम शाही भने घाइते भएका छन् । उनको एलएमसीमा उपचार भइरहेको छ ।

हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको एक स्कुटर र एक मोटरसाइकल पनि पल्टिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds