पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
क्लबको वार्षिक कार्ययोजनानुसार स्याङ्जाको भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई उक्त सहायता सामग्री हस्तान्तरण गरेको हो ।
क्लबका संस्थापक अध्यक्ष हरि भाटसहितका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक दीपक रानाभाटलाई विद्यालय पोशाक, स्टेशनरी, पुस्तकलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि क्या. हुमबहादुर रानाभाटले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावक सचेत हुनुपर्नेमा धारणा राखे ।
रानाभाट, भाट समाज जिल्ला समिति स्याङ्जाका अध्यक्ष लालबहादुर रानाभाटले सामुदायिक विद्यालयका पर्याप्त सकारात्मक पक्ष रहँदा रहँदै विद्यार्थी संख्या घट्न पुगेकाप्रति चिन्ता व्यक्त गरेका थिए ।
क्लबका संस्थापक अध्यक्ष हरि भाटले विद्यार्थीका लागि लायन वर्ष २०२३/२४ का अध्यक्ष तुल रानाभाटको पहलमा स्कुल डे«ससहित ४० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको जानकारी दिए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले प्रचारमुखी नभएर प्रत्यक्ष जनस्तर लक्षित व्यवहारोपयोगी कार्यक्रम गर्दै आएकामा आभार व्यक्त गरे ।
विद्यालयका पूर्व विद्यार्थी असफल गौतमले सामाजिक संघसंस्थाको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी संख्या वृद्धि गर्नमा यस्ता कार्यक्रमको ठूलो भूमिका रहने बताए । साथै असफल गौतमले विद्यालय सर्वोत्कृष्ट हुन सफल छात्रा काजल विकलाई पुरस्कृतसमेत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक रानाभाट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर रानाभाट, जनप्रिय मा.वि.का शिक्षक पदम रानाभाट, समाजसेवी कुलबहादुर रानाभाटलगायतले मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति