ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

taiwan

पोखरा । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ ।

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवनहरू भत्किएको देखिन्छ । भूकम्पले पु¥याएको क्षतिको विवरण भने आउन बाँकी छ ।

भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।

समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ