ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Tractor Acc

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी परिचय नखुलेका ट्र्याक्टर चालक र त्यसमा सवार राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ