वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

ravi

पोखरा । गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो ।

पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको बताइएको छ ।

नेपाल आइडल सिजन–२ का विजेता ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

उनको इन्स्टाग्राम स्टोरी हेर्दा उनी यतिबेला सांगीतिक कार्यक्रमको लागि जापानमा रहेको बुझिन्छ । रविले गतमहिना बहुप्रतिप्रथाको कथावस्तुमा बनेको फिल्म ‘द्रौपदी’बाट अभिनय करिअर थालेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ