पोखराको राष्ट्र बैंक चोकमा स्कार्पियो र हाइस ठोक्किँदा ८ जना पर्यटक घाइते

पोखराको राष्ट्र बैंक चोकमा स्कार्पियो र हाइस ठोक्किँदा ८ जना पर्यटक घाइते

Acci

पोखरा। पोखरामा स्कार्पियो र माइक्रो हाइस ठक्कर खाँदा ८ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका -७ राष्ट्रबैंक चोकमा स्कार्पियो र पर्यटक बोकेको माइक्रो हाइस ठक्कर खाँदा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ।

प्रहरीका अनुसार बिहिबार बिहान अन्दाजी ४:४० बजे सहिदचोकबाट मुस्ताङचोकतर्फ जाँदै गरेको बा १३ च ५१३७ नंवरको स्कार्पियो र ड्याम साइडबाट मुस्ताङचोकतर्फ जाँदै गरेको चिनियाँ पर्यटक बोकेको बा १ प ८५२ नंवरको माइक्रो हाइस ठक्कर खाँदा ८ जना घाइते भएका हुन्।

घाइते हुनेहरूको ढाड, खुट्टा र हातमा चोट लागेको छ भने उनीहरू सबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पार्किङमा रहेको बा २१ प ११५२ नंवरको स्कुटर र स्थानीय श्याम सुन्दर बरालको घरको सटरमा समेत क्षति पुगेको छ।

घटनास्थलमा प्रहरी नायव निरीक्षक यम बहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरीको टोलीले दुवै सवारीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ