स्याङ्जाको पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषित भएको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता गरिएको हो ।
पालिकालाई `शिक्षा स्वास्थ्य र पुर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता´ भन्ने मुल नारासहित पूर्ण खोप सुनिश्चितता नगर घोषित गरिएको हो ।
पालिकाभित्रका सबै बालबालिकालाई पाउनुपर्ने खोप उपलब्ध गराइसकेपछी पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । उनले घरधुरी सर्वेक्षणपछि नगरभित्र १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र ७ पटकमा १३ प्रकारका खोप लगाइएको बताए । नगरप्रमुख रेग्मीले राज्यले बाल मृत्युदर घटाउनका लागि हजारौं लगानी गरेको बताउँदै उपयोग गरि स्वास्थ्य लाभ लिन सुझाव दिए ।
उक्त कार्यक्रममा राष्ट्रिय खोप तालिकाअनुसार नगरभित्रका सबै बालबालिकालाई खोप उपलब्ध गराउनुपर्नेमा नगर उपप्रमुख देवी अर्यालले जोड दिएकी थिइन् ।
पुतलीबजार नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका १६ देखि ५९ महिनासम्मका एक हजार ८२२ जना बालबालिकालाई पूर्ण खोप लगाइएको जनाएको छ । नगर स्वास्थ्यको तथ्यांकअनुसार नगरभित्र वर्षेनि चार सय देखि पाँच सयसम्म शिशु जन्मने बताइएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ