इलाम उपनिर्वाचन: मतदान सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो

इलाम उपनिर्वाचन: मतदान सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो

ilam ummendwar

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ ।

बिहान ७ देखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम-२ मा १ लाख १५ हजार ८८९ कुल मतदातामा थिए ।

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । इलाम-२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ