इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा

ताजा मत परिणाम

इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा

पछिपछि काँग्रेस, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार तेस्रोमा

ilam result 1

 इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायमै राखेका छन् । प्रारम्भिक मत परिणामले नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखाएको छ ।

सुरुवाती परिणाममा १२३ मतले पछि परेका नेम्वाङले फाकफोकथुम गाउँपालिका- १, २, ३, ४, ५ र ६ को मतगणना सकिएर ७ जारी रहँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिन्दै ७८३ मतको अग्रता बनाएका हुन् । नेम्वाङले ४ हजार २५८ मत पाएका छन् भने खड्काले ३ हजार ४७५ मत पाएका छन् ।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले १ हजार ७०३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले ५३४ मत ल्याएका छन् । यसअघि एमाले र रास्वपाबीच प्रतिष्पर्धा हुने अनुमान धेरैको थियो । ग्रामीण क्षेत्रको मतगणना भइरहँदा एमालेले पार्टी मत धेरै हदसम्म जोगाउन सकेको देखिन्छ

माओवादी पृष्ठभूमिका पूर्व पत्रकार मिलनलाई अन्तिम समयमा पार्टी फेरेको भनेर आलोचना पनि देखिन्थ्यो । पहिचान पक्षधरभन्दा पनि निकै पछि घण्टी रहेको छ । प्रारम्भिक नतिजा हेर्दा भने स्वतन्त्र उम्मेदवारसँग तेस्रो स्थानका लागि रास्वपाको प्रतिस्पर्धा भइरहेको छ ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो ।

कांग्रेसले चाहिँ आमचुनाव २०७९ मा प्राप्त मत जोगाउन सकेको देखिँदैन । त्यसबेला एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले कांग्रेसका खड्का पराजित भएका थिए । त्यसबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ हुँदा ३० हजार २० मत ल्याएर सुवास नेम्वाङले जितेका थिए ।

यो उपचुनावमा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको छ भने माओवादीको समर्थन एमालेलाई छ । त्यसैले कांग्रेस उम्मेदवार पछाडि पर्नु अस्वभाविक होइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds