बझाङको प्रदेशमा एमालेलाई अग्रता, स्थानीय चुनाव हारेका ठाममा पनि अग्रता

बझाङको प्रदेशमा एमालेलाई अग्रता, स्थानीय चुनाव हारेका ठाममा पनि अग्रता

bajhang result 1

कैलाली । बझाङ उपनिर्वाचनको मतगणना जारी छ । स्थानीय तहमा पराजित भएकै वडामा पनि उपनिर्वाचनमा एमालेले अग्रता लिएका छ ।

एमाले उम्मेदवार दमन भण्डारीले ४१५८ मत पाउँदा कांग्रेस उम्मेदवार अभिषेक सिंहले ३५९० मत पाएका छन् । यस्तै,

नेकपा (माओवादी केन्द्र) का जनक बहादुर बुढाले २०९६, नेकपा (एकिकृत समाजवादी)का दिल बहादुर सिंहले १२२५ मत र राप्रपाका किशोर कुमार खड्काले ८५ मत पाएका छन् ।

छविस पाथिभेरा गाउँपालिकाबाट मतगणना सुरू भएकोमा यी गाउँपालिकामा वडा नं. १, २, ३ र ४ सबैमा एमाले पराजित भएको थियो ।

स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धनसहित निर्वाचनमा होमिएका थिए । एमाले भने एक्लै लडेको थियो ।

अहिलेसम्म छबिसपाथिभरा र खप्तडछान्ना गाउँपालिकाका सबै वडाको मतगणना सकिएको छ भने थलरा गाउँपालिकाको ९ नम्बर वडा पनि गणना गरिएको छ । छबिसपाथिभरामा ७ र खप्तड छान्नामा ७ वडा रहेका छन् । अहिले सम्म १५ वडाको मत परिणाम अनुसार एमालेको अग्रता कायमै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds