सन्दीपले भने- ‘म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्’

सन्दीपले भने- ‘म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्’

‘तथाकथित अभियन्तालाई धिक्कार छ’

sandeep lamichane

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् । सामाजिक संजालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् ।

उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।

’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ’, उनले लेखेका छन् ।

यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ’…म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।

यस्ताे छ सन्दीपकाे स्टाटस:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds