काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
आफूमाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने उनको भनाइ छ । ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ’,खड्काले भनेका छन्,‘यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’
उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि स्पष्ट पारेका छन् ।
खेल पत्रकार नवीन अर्यालले लगातार पारसलाई आरोप लगाएर गएराति पोष्टहरु बर्साएका थिए । उनले पुष्टि विना यसरी पारसविरूद्ध खनिएका थिए । अहिलेसम्म पोष्ट डिलिट गरेका छैनन् ।
सम्बन्धित खबर
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
रविको देउवालाई प्रश्न : डेढ वर्ष प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
१३ बर्षका बालकसहित ७ जनाको कुटाइबाट ट्राफिक प्रहरी जवानको हत्या
माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छ
कांग्रेसले रवि लामिछानेको नामै किट्नुपर्छ भनेकाले सहमति भएन
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग