स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ

pakrau-file-photo-750×375

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट झण्डै एक करोड नगद रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् ।

गएराति विशेष सुराकीको आधारमा उनीहरूलाई जयनेपाल सिनेमा हल नजिकैबाट पक्राउ गरिएको हो ।

गाडीमा नगद लिएर हिँडिरहेको अवस्थामा ९८ लाख रुपैयाँसहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबारी हुन् । पक्राउ परेका दुवैलाई दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds