पोखरा । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे ।
सोमवार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । यस्तैदोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले पराजित गर्यो भने चौँथो खेलमा शान्तिनिकुञ्जले बालोदयलाई २–१ गोल अन्तरले पाखा लगायो ।
सोमवार नै सम्पन्न पाँचौँ खेलमा लिटिल फ्लावरले नेसनल इन्भेन्टिभलाई ८–७ को पेनाल्टी सुट आउटमा बाहिर पठाउँदा भद्रकाली माविले एलपी देवकोटालाई १–० ले पराजित गर्यो । यस्तै सातौँ खेलमा रेन्बो एकेडेमीले २–१ गोलको नतिजा निकाल्दै वेलनन एकेडेमीलाई पराजित ग¥यो भने अन्तिम खेलमा पेनाल्टी सुट आउटको २–१ गोल नतिजामा मदरल्यान्डले फिस्टेल एकेडेमीलाई पराजित गर्यो ।
एसइई २०८० मा सम्मिलित विद्यार्थीहरूलाई समेट्दै आयोजना गरिएको यस खेलको क्वाटरफाइनलका खेल मङ्गलबार सम्पन्न हुने छन् भने सेमिफानल र फाइनलका खेलसँगै बुधबार औपचारिक समापन हुने छ । खेलमा विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै लिग कम नक आउट प्रणालीमा खेलाइने छात्रातर्फको ३/३ बास्केटबलका खेलहरू पनि मङ्गलबारबाट सुरु हुने छन् । यसका विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह