पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको जगदम्बा प्रतिष्ठानले छात्राका लागि १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई पढाइ सगँ सगै खेल क्षेत्रमा पनि विद्यार्थीलाई हौसला दिने गरेको बताए । उनले जर्सी सहयोगले विद्यार्थीको खेल क्षेत्रमा पनि उत्साह बढ्ने बताए ।
जर्सी हस्तान्तरण गर्दै जगदम्वा प्रतिष्ठानका अध्यक्ष (जगदम्वा टुर्स एण्ड ट्राभल्सका संचालक) केशव प्रसाद अधिकारीले अहिले पठाइ सगँ सगै चौतर्फिक ज्ञान आवश्यक पर्ने बताए । उनले खेलबाट पनि विद्यार्थीले केही न केही सिकाइ हुने बताए । उनले आफुपनि सो विद्यालयमा पढेको बताउदै विद्यार्थीलाई खेल र पढाई दुबैलाई अगाडी बढाउनु पर्ने बताए ।
विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले विद्यालयको आफ्नै खेल मैदान भएका कारण खेलमा रुचि भएका विद्यार्थीहरु पनि धेरै नै भएको बताए । कक्षा १ देखी १२ सम्म पढाइ हुने बाराही माविमा ८ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव