पोखरा । पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’मा ३/३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् ।
बुधबार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्ति निकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो ।
यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्ति निकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–० ले पराजित गरेको थियो ।
बास्केट बल तर्फको सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए ।
एसइई २०८० मा सहभागी भएका विद्यार्थीहरू बिच भएको फुटबल तथा बास्केटबल खेलका विजेता र उपविजेतालाई प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष राधिका कुमारी शाही, विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समितिका अध्यक्ष गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समितिका अध्यक्ष फसै बहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरे ।
फुटबल तर्फ विजेता र उप विजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबल तर्फ क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’