पोखरा । गण्डकी बहु–प्राबिधिक शिक्षालयको आयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टर स्तरीय फुटसल प्रतियोगिता पोखरा २६ स्थित ब्ल्याक होल (Black Hole) फुटसलमा सम्पन्न भयो्र प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई नगद पुरस्कृत गरिने कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिएका छन् ।
प्रतियोगिता नकआउट चरणका आधारमा खेलाइएको थियो । जसमा अटोमो वाईल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह प्रथम भएको थियो भने दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूह दोस्रो भएको थियो । प्रतियोगितामा शिक्षालयका प्रशिक्षकहरुको समुह पनि सहभागी रहेको थियो ।
शिक्षालयले बार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता र वक्तव्य कला प्रतियोगिता पनि संचालन गरिएको कुरा बताउदै शिक्षालयका प्रशिक्षक मनोज पौडेलले अध्ययन संगै विधार्थीलाई खेलकुद र स्वास्थ्य जीवनयापनको अन्तर सम्बन्ध बुझाउनको लागि समेत प्रतियोगीता सहयोगी हुने बिस्वास ब्यक्त गरेका छन् गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहका सिभिल, अटोमोवाईल इन्जीनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्य तर्फफार्मेसी र प्रमाण पत्र तह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’