पोखरा । गण्डकी बहु–प्राबिधिक शिक्षालयको आयोजनामा शिक्षालयको शिक्षालयले बार्षिक नियमित अतिरिक्त कार्यक्रम अन्तर्गत विभिन्न सेमेस्टरमा अध्यनरत बिद्यार्थीहरुको सेमेस्टर स्तरीय फुटसल प्रतियोगिता पोखरा २६ स्थित ब्ल्याक होल (Black Hole) फुटसलमा सम्पन्न भयो्र प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई नगद पुरस्कृत गरिने कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिएका छन् ।
प्रतियोगिता नकआउट चरणका आधारमा खेलाइएको थियो । जसमा अटोमो वाईल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह प्रथम भएको थियो भने दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूह दोस्रो भएको थियो । प्रतियोगितामा शिक्षालयका प्रशिक्षकहरुको समुह पनि सहभागी रहेको थियो ।
शिक्षालयले बार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता र वक्तव्य कला प्रतियोगिता पनि संचालन गरिएको कुरा बताउदै शिक्षालयका प्रशिक्षक मनोज पौडेलले अध्ययन संगै विधार्थीलाई खेलकुद र स्वास्थ्य जीवनयापनको अन्तर सम्बन्ध बुझाउनको लागि समेत प्रतियोगीता सहयोगी हुने बिस्वास ब्यक्त गरेका छन् गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहका सिभिल, अटोमोवाईल इन्जीनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्य तर्फफार्मेसी र प्रमाण पत्र तह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह