आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु

आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु

india-aadhi

पोखरा । भारतमा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ।

मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले जनाएको छ।

विभागका अनुसार आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको हो । पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ।

चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। सरकारले आँधी र वर्षाको जोखिमलाई ध्यानमा राखी सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ