जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

earth_queak

पोखरा । जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

विभागले यसअघि भूकम्पपछि सुनामीको चेतावनी जारी गर्दै आएपनि यस पटक भने यस्तो सम्भावना नरहेको जनाएको छ ।

यसअघि अप्रिल १ मा पनि जापानमा ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा ५० जनाभन्दा धेरैको ज्यान गएको थियो । धेरै भवनमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ