फिल्म निर्देशक सुदर्शन थापा रिहा

फिल्म निर्देशक सुदर्शन थापा रिहा

sudarshan thapa

काठमाडौं । निर्देशक सुदर्शन थापा रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएसँगै थापा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठगी तथा विश्वास घातसम्बन्धी मुद्दामा उनी गत सोमबार पक्राउ परेका थिए । चलचित्र ‘प्रसाद–२’ का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध गत भदौमा प्रहरी बृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरमा उजुरी दिएका थिए ।

निर्माता बस्नेतका अनुसार निर्देशक थापाले आफ्नो अनुमतिबिना विभिन्न देशमा ‘प्रसाद २’ प्रदर्शन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ