हेमजा । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न. २५ हेमजा अवस्थित हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा असार १ गते देखि ७ गते सम्म हुने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।
खेलकुदको माध्यमबाट एकता भाईचारा बढाउदै खेलकुदमा अभिरुची जगाई नयाँ खेलाडी उत्पादनमा जोड दिने साथै गौरीशंकर खेल मैदान (गैरी) लाई स्तरोन्नती तथा संरक्षण गर्ने उदेश्यका आयोजन गरिएको प्रतियोगिताको विहिवार खेल तालिका सार्वजनिक गरिएको क्लब अध्यक्ष राजेश त्रिपाठीले जानकारी दिए ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितको पहिलो खेल शनिबार आयोजक सेतो र वडा १ विच हने छ। उक्त खेलको शुभारम्भ महानगरपालिका नगर प्रमुख धनराज आचार्यको प्रमुख अथित्यतामा हुने प्रतियोगिता संयोजक इन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु. ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमणपत्र साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु. ५ हजार ,सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिलड, फरवार्ड लाई प्रत्यक विधामा नगद रु. २ हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । खेल पोखरा–२५, हेमजा गौरीशंकर खेल मैदान–गैरीमा हुनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह