हेमजा । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा न. २५ हेमजा अवस्थित हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा असार १ गते देखि ७ गते सम्म हुने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ ।
खेलकुदको माध्यमबाट एकता भाईचारा बढाउदै खेलकुदमा अभिरुची जगाई नयाँ खेलाडी उत्पादनमा जोड दिने साथै गौरीशंकर खेल मैदान (गैरी) लाई स्तरोन्नती तथा संरक्षण गर्ने उदेश्यका आयोजन गरिएको प्रतियोगिताको विहिवार खेल तालिका सार्वजनिक गरिएको क्लब अध्यक्ष राजेश त्रिपाठीले जानकारी दिए ।

१४ टिमको सहभागिता रहेको प्रतियोगितको पहिलो खेल शनिबार आयोजक सेतो र वडा १ विच हने छ। उक्त खेलको शुभारम्भ महानगरपालिका नगर प्रमुख धनराज आचार्यको प्रमुख अथित्यतामा हुने प्रतियोगिता संयोजक इन्द्र कुँवरले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु. ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमणपत्र साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु. ५ हजार ,सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिलड, फरवार्ड लाई प्रत्यक विधामा नगद रु. २ हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । खेल पोखरा–२५, हेमजा गौरीशंकर खेल मैदान–गैरीमा हुनेछ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’