स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अन्तराष्ट्रिय योग दिवस -२०२४ को अवसरमा योगासहित सरसफाइ कार्यक्रम गरी मनाइएको छ ।
अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा `आफू र समाजको लागि योग´ भन्ने मुल नारासहित बजार क्षेत्रका आमा समूह, युवा क्लब तथा पालिकाका कर्मचारी लगायतको उपस्थितिमा पालिकाको प्राङ्गणमा योगा कार्यक्रम गरी अर्जुनचौपारी बजारदेखी मजुवा बजारसम्म सरसफाइ गरी विश्व योग दिवस मनाइएको हो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रन बहादुर थापाले योग र ध्यानको लागि पालिकाले सधैं प्राथमिकताका साथ अगाडि बढाउने कुरा व्यक्त गरेका थिए ।
त्यस्तै, अर्जुनचौपारी आयुर्वेद शाखाका कबिराज शिव प्रसाद अर्यालले आफू र समाजको लागि योग भन्ने विषयमा प्रशिक्षण दिँदै उचित आहार बिहार र स्वस्थ जिवनशैलीको बारेमा जानकारी दिएका थिए ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रन बहादुर थापाको अध्यक्षतामा सम्पन्न विश्व योग दिवसको कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत सन्तोष पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैधे निरीक्षक ललित थापाले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ