पोखरा । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा १२२ जनाको मृत्यु भएको छ । हाथरसको फुलरई गाउँमा मंगलबार भएको उक्त घटनामा मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् ।
गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाल्यो । त्यही क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए ।
स्वास्थ्यकर्मीहरुका अनुसार शवहरु यति धेरै भए कि पोष्टमार्टम गर्नसमेत हम्मेहम्मे प¥यो । घटनास्थलको भिडियो हेर्दा अवस्था निकै हृदयविदारक र भयावह देखिन्छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गर्दै २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
उनका अनुसार कार्यक्रममा ८० हजार जनालाई सहभागी हुने अनुमति थियो । तर त्योभन्दा धेरै संख्यामा कार्यक्रमस्थलमा मानिसहरु भेला भएका थिए ।
घटनास्थलमा पुगेका उत्तर प्रदेश सरकारका एक जना मन्त्री सन्दीप सिंहले मृतकका परिवारलाई दुई लाख रुपैयाँ घाइतेहरुलाई उपचारका लागि ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका छन् ।
सम्बन्धित खबर
बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा
दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा, काठमाडौँको पनि अस्वस्थ
असोजमा ५३ हजार कामको खोजी विदेशीए, मलेसिया ४३ जना मात्र
मध्यप्रदेशकी निकिता पोरवाल बनिन् ‘मिस इन्डिया २०२४’
विश्व चर्चित ब्याण्ड ‘वन डाइरेक्शन’ का गायक लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर मृत्यु
विश्व प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते