मिडियासङ्ग सामाजिक विकास कार्यक्रम अन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८०/०८१ को खर्च सार्वजनिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार कार्यालयको सभाहलमा आयोजित समिक्षा कार्यक्रममा कार्यालय प्रमुख सोभाचन्द्र रेग्मीले आर्थिक वर्ष २०८०/०८१ को खर्च सार्वजनिक तथा वार्षिक प्रगति समिक्षा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले यसरी कार्यक्रमको आयोजना गर्दा कार्यालयको पारदर्शिता बढ्ने बताए । उनले जिल्लाकै कान्छो कार्यालय सामाजिक विकास कार्यालय स्याङ्जाले जस्तै अन्य कार्यालयहरुले पनि समयमै खर्च सार्वजनिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रस्तुत खर्च विवरणका अनुसार प्रदेश सरकारको चालू तर्फको वार्षिक बजेट एक करोड ६१ लाख २८ हजार रुपियाँमा ८८ लाख ३९ हजार र पुँजीगततर्फको बजेट एक करोड ९७ लाख रुपियाँमा एक करोड ५५ लाख ७६ हजार गरि जम्मा तीन करोड ५८ लाख २८ हजारमा दुई करोड ४४ लाख १५ हजार खर्च भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सामाजिक विकास कार्यालय स्याङ्जाले संघको पुँजीगततर्फको वार्षिक बजेट ३१ लाखमा २६ लाख ३१ हजार रुपियाँ खर्च भएको जनाएको छ । समग्रमा, यस आर्थिक वर्षमा संघ र प्रदेश सरकारको चालू तर्फको वार्षिक बजेट एक करोड ६१ लाख २८ हजार रुपियाँमा ८८ लाख ३९ हजार रुपियाँ र पुँजीगततर्फ दुई करोड २८ लाखमा एक करोड ८२ लाख ७ हजार रुपियाँ गरि जम्मा तीन करोड ८९ लाख २८ हजारमा २ करोड ७० लाख ४६ हजार रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला