नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४६ औं स्मृति दिवसको अवसरमा सोमबार राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रमबाट एक सय सात पिन्ट रगत संकलन भएको छ ।
सोमबार वालिङ् स्थित रेड पिपर पार्टी प्यालेसमा आयोजित रक्तदान कार्यक्रममा महिलापुरुष गरी एक सय सात जना युवाले गरेको रक्तदानबाट संकलित रगत आधा स्याङ्जामा रहने र बाँकी पोखरा पठाइने राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका सचीव राधाकृष्ण शर्माले जानकारी दिए ।
२९ औं पटक रक्तदान गरिसकेका आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई तिसौं पटकको रक्तदानका लागि ब्लड प्याकेट हस्तान्तरण गर्दै गण्डकी प्रदेश सांसद सीता सुन्दासले सुभारम्भ गरेको कार्यक्रममा स्थानीय, समाजसेवी, युवा क्लब साथै लायन्स क्लबका सदस्यहरु लगायतकाको उपस्तिथि रहेको थियो ।
प्रदेश सांसद सुन्दासले दान गरिएको रगतले नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्त्वपूर्ण र सिर्जनशील कार्य सराहनीय रहेको बताउँदै कार्यक्रमको सुभारम्भ गरेकी थिइन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको सम्झनामा युवा संघले रगतको अभावमा कोहि छट्पटीएर मर्न नपरोस् भनेर वार्षिक नियमितरूपमा रक्तदान कार्यक्रम गर्दै आएको राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाका कार्यवाहक अध्यक्ष राजन पोख्रेलले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ