पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटर नामाकरण

पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटर नामाकरण

pasang_lhamu

पोखरा । चन्द्रमाको एक भागको नाम नेपाली प्रथम महिला पर्वतारोही पासाङ ल्हामु शेर्पाको नामबाट नामकरण भएको छ।

अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीले यहि साउन १४ अर्थात जुलाई २९ साझ ७ः१८ मा चन्द्रमा क्रेटरको नामाकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिएको हो ।

चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको नाममा ल्हामु नामाकरण गरिएको बताएको छ । ल्हामु क्रेटरको डाइमिटर १.४० किलोमिटर राखिएको छ । पासाङ ल्हामुलाई एजेन्सीले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली शेर्पा महिला भनेर चित्रण गरेको छ ।

पासाङ ल्हामुले २०५० वैशाख १० मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्। फर्किने क्रममा बाटैमा उनको निधन भएको थियो।

नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। उनका नाममा हुलाक टिकट प्रकाशन, राजमार्ग र हिमालचुलीको नामकरणसमेत गरिएको छ। उनका नाममा चलचित्र तथा वृत्तचित्र निर्माण गरिएका छन्। उनलाई साहसिक महिलाको प्रतीकका रूपमा लिइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ