पोखरा । पोखरामा शनिबार हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा शनिबार शैक्षिक मेला हुन लागेको हो ।
एजुकेशनले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययनपछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने जनाएको छ ।
मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगिता लगायत रोचक खेलहरू समेत खेलाइने एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए ।

अन्योलमा रहेका विद्यार्थीले समेत यो शैक्षिक मेलामा सहभागी भएर आफ्ना सबै अन्योलतालाई मेटाउन सक्ने आयोजकको विश्वास छ । काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले १८ वर्षदेखि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विदेश पठाउँदै आएको छ ।
एजुकेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारत जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशनका सञ्चालक खड्काले सुनाए ।
पोखराको ट्रेड महलको तेस्रो तलावाट सेवा प्रवाह गर्दै आइरहेको एजुकेशनको शाखा पोखराकै न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा सरेको एजुकेशनका पोखरा हेड प्रदिप पहारीले बताए । एजुकेशनको शाखा काठमाडौं, चितवन, भैरहवादेखि विदेशमा अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा पनि विस्तार गरेको पहारीले बताए । एजुकेशनले भोलिका दिनमा युवा लछित कार्यकम गर्ने पहारीले जनाए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन